दफा ४
वस्तु वा सेवाको नियमन
(१) नेपाल सरकारले उपभोक्ताको अधिकारको संरक्षण गर्न नियमित रूपमा वस्तु वा सेवाको आपूर्ति मूल्य, गुणस्तर, नापतौल, लेबल, बिज्ञापन आदिको नियमन गर्नेछ।
(२) उपदफा (१) बमोजिम नियमन गर्दा मन्त्रालयले देहायका काम गर्नेछ:-
(क) वस्तु वा सेवाको गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्था सम्बन्धी नीति कार्यान्वयन गर्ने,
(ख) उपभोक्ताको हक हितमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने एकाधिकार वा अनुचित व्यापारिक कृयाकलापको रोकथाम र नियन्त्रण गर्ने वा त्यस सम्बन्धमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने,
(ग) देशभित्र खपत हुने वस्तु वा सेवाको माग र आपूर्ति स्थितिको निरन्तर विश्लेषण तथा समीक्षा गरी स्वच्छ बजार कायम गर्ने,
(घ): वस्तु वा सेवाका उत्पादक, बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने,
(ङ) उभभोक्तालाई उचित मूल्य र सहज रूपमा खाद्य तथा अन्य वस्तुको आपूर्ति सुनिश्चित गर्न नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निजी फर्म वा कम्पनी मार्फत आपूर्तिको व्यवस्था सहज गर्ने,
(च) कुनै विशेष परिस्थितिमा वा कुनै ठाउँ विशेषमा तोकिएको अवधिका लागि वस्तुको अधिकतम मौज्दातको परिमाण तोक्ने,
(छ) नेपालभित्र उत्पादित कुनै खाच्च वस्तुको अभाव भएमा त्यस्तो खाद्य वस्तुको निश्चित परिमाण निर्धारण गरी तोकिएको मूल्यमा उत्पादकबाट खा वस्तु प्राप्त गर्ने र सर्वसाधारणलाई बिक्री गर्ने,
(ज) थोक वा खुद्रा व्यवसायलाई व्यवस्थित गरी सामान्यतयाः मूल्यमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था गर्ने,
(झ) उपभभोक्ताको अधिकार संरक्षण गर्न र आपूर्ति व्यवस्थालाई नियमित गर्नको लागि कुनै वस्तु वा सेवाको कृत्रिम अभाव हुन नदिन वा सबै ठाउँमा नियमित वस्तु वितरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने,
(ज) वस्तुको बिक्री वितरण प्रणालीलाई नियमित गर्ने र अनुपयुक्त तवरले अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने काम वा अनुचित व्यापारिक क्रियाकलापलाई नियन्त्रण गर्ने।
(३) उपभोक्ताको अधिकार संरक्षण, आपूर्ति व्यवस्था नियमित र वस्तु तथा सेवाको मूल्य एवं गुणस्तर नियन्त्रण गर्न नेपाल सरकारले समय समयमा आवश्यक नीतिगत र संस्थागत व्यवस्था गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिमको व्यवस्था तोकिए बमोजिम कार्यान्वयन गर्नु पर्नेछ।